+
+

दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष कैदको फैसला उच्च अदालतबाट पनि सदर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १९:४६

२४ माघ, जनकपुरधाम । पर्यावरण अभियन्ता दिलीप भनिने ओम प्रकाश महतोको हत्याको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ ।

न्यायाधीशद्वय महेन्दनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्लाकै फैसला सदर गरेको हो ।

१२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले दिलीपको हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५–२५ वर्ष कैद र पाँच–पाँच लाख रुपैयाँ क्षतिपूर्ति वापत जरिवाना हुने फैसला सुनाएको थियो ।

यस्तै घटनाका मतियार बनेको आरोपमा जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाइ लाख रुपैयाँ क्षतिपूर्ति वापत जरिवाना गरेको थियो ।

जिल्ला अदालते विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो । विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।

२५ पुस २०७६ मा घरभन्दा पाँचसय मिटर पर रहेको औरही खोलामा २४ वर्षीय दिलीपको हत्या भएको थियो । बिहानै ४ बजे खोलामा उत्खनन भइरहेको थाहा पाएपछि बन्द गराउन खोलामा पुगेका दिलीपको चुरियामाई वालुवा प्रशोधन उद्योगमै पहिले टिपरको लिभर, पेचकसले काँखीमा घोचेर आक्रमण गरी बेहोस पारिएको थियो । र त्यसपछि टाउको पछाडिबाट ना ७ ख ६४१३ नम्बरको टिपरले किचिएर हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?