+

साफ यू-१९ महिला च्याम्पियनसिपमा भारत र बंगलादेश संयुक्त विजेता

२०८० माघ  २६ गते ८:०४ २०८० माघ २६ गते ८:०४
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारत र बंगलादेश संयुक्त विजेता

२६ माघ, काठमाडौं । भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । नाटकीय फाइनल खेल सडन डेथमा पुगेर पनि बराबरी भएपछि दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

साफको प्रतियोगितामा दुई टिमलाई संयुक्त विजेता घोषणा गरिएको यो पहिलो पटक हो ।

बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेका थियो ।

तर त्यहाँ पनि दुवै टिमले ११–११ गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि फाइनल खेल खेलाएका नेपाली रेफ्री अन्जन राईले टस मार्फत भारतलाई विजेता घोषणा गरिन् । तर बंगलादेशले रेफ्रीको निर्णयमा गम्भिर असहमती जनाउँदै फाइनल खेल सकिएपछि पनि मैदान छाड्न मानेनन् ।

त्यसपछि अन्त्यमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गर्ने निर्णय गरिएको दक्षिण एसियाली फुटबल महासंघ साफले जनाएको छ ।

प्रतियोगितामा कूल ४ टिम सहभागी थिए । राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा नेपाल एक खेल जित्दै तेस्रो स्थानमा रहेर फाइनल होडबाट बाहिरिएको थियो ।

साफ यू-१९ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय