+
+

६ महिनामा साना किसान लघुवित्तको नाफा सवा ४४ करोड, निष्क्रिय कर्जा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते ९:२९

२६ माघ, काठमाडौं । अधिकांश लघुवित्तको नाफा घटेका बेला साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफा भने केही बढेको छ ।

चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस मसान्तसम्म) कम्पनीले ४४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशत बढेको हो । गत आर्थिक वर्ष यस अवधिमा कम्पनीले ४३ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । खुद ब्याज आम्दानी ९९ करोड २ लाख रुपैयाँ छ । पहिले यस्तो आम्दानी ८४ करोड ९८ लाख रुपैयाँ थियो ।

कम्पनीको लोन लस प्रोभिजन १० करोड छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड २८ लाख थियो । निष्क्रिय कर्जा पनि बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जा गत वर्षको पुस मसान्तसम्म १.३७ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म २ प्रतिशत पुगेको छ ।

कम्पनीको आधारभुत प्रतिसेयर आम्दानी २३ रुपैयाँ २५ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ५२ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८५७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?