
२६ माघ, काठमाडौं । कृषि विकास बैंकले यस पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुँदा लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
यस बैंकले गत आर्थिक वर्ष भने सेयरधनीलाई ११ प्रतिशत नगद तथा २ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिएको थियो । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४२ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4