+

बायर्नलाई हराउँदै लिभरकुजनले बनायो ५ अंकको अग्रता

२०८० माघ  २८ गते ९:०९ २०८० माघ २८ गते ९:०९
बायर्नलाई हराउँदै लिभरकुजनले बनायो ५ अंकको अग्रता

२८ माघ, काठमाडौं । जर्मन बुण्डेसालिगामा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बायर लिभरकुजनले साविक विजेता बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ ।

यस जितपछि लिभरकुजनले बायर्नमाथि नै ५ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ ।

घरेलु मैदान लिभरकुजनलाई सानदार जित दिलाउन जोसिफ स्टानिसिले १८ औं, एलेक्स ग्रिमाल्डोले ५० र जेरेमी फ्रिमपोङले इन्जुरी टाइममा गोल गरे ।

जितपछि शीर्ष स्थानको लिभरकुजनको २१ खेलबाट ५५ अंक भएको छ । समान खेलबाट बायर्न ५० अंकसहित दोस्राे स्थानमा छ ।

बायर्न म्युनिख लिभरकुजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय