२८ माघ, काठमाडौं । स्पानिस ला लिगमा शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको जिरोनालाई ४-० ले पराजित गरेको छ ।
उपाधि दाबेदार दुई टोलीबीचको भिडन्तमा जुड बेलिङघमको दुई गोलमा रियलले सहजै जित निकाल्यो ।
यस जितपछि रियलले जिरोनामाथि नै ५ अंकको अग्रताबनाउँदै उपाधि होड बलियो बनाउँदैछ ।
घरेलु मैदानमा रियलका लागि बेलिङघमले ३५ र ५४ मिनेटमा गोल गरे । यस्तै भिनिसियस जुनियरले छैटौं तथा रोड्रिगोले ६१ मिनेटमा गोल गरे ।
जितपछि रियले २४ खेलबाट ६१ अंक जोडेको छ । दोस्रो स्थानको जिरोनाको समान खेलबाट ५६ अंक छ । यस सिजन उत्कृष्ट प्रदर्शन गरेको जिरोनाको यो दोस्रो हार मात्र हो ।
प्रतिक्रिया 4