+

दोहामा नासिरको नयाँ रेकर्ड

२०८० माघ  २९ गते ७:२१ २०८० माघ २९ गते ७:२१
दोहामा नासिरको नयाँ रेकर्ड

काठमाडौं । नासिर याहा हुसेनले मित्र राष्ट्र कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् ।

नासिरले ४०० मिटर फ्रिस्टायलमा आफैंले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेको ४ मिनट ८.२३ सेकेन्ड समयको कीर्तिमान २.५८ सेकेन्डले सुधार गर्दै ४ मिनेट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्न सफल भएको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा नेपालबाट नासिरका साथै एलेक्जेण्डर गादेगाद शाह, गौरिका सिंह र दुवाना लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो च्याम्पियनसिप फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सको छनोट प्रतियोगिता समेत रहेकोछ ।

नासिर याहा हुसेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय