+
+

अष्ट्रेलिया उडेका नितेशजंग कुँवर जब हङकङको ट्रान्जिटबाटै नेपाल फर्कनुपर्‍यो !

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते ११:५७

काठमाडौं । युवापुस्तामाझ चर्चित गायक नितेशजंग कुँवरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा असहज परिस्थिति भोग्नुपरेको छ । सांगीतिक टुर ‘रिबर्थ’का लागि आमा र गायिका समृद्धि राईसँग अष्ट्रेलियातर्फ उडेका उनले हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि हैरानीको सामना गर्नुपर्‍यो ।

पासपोर्ट खोज्दै ६६ घण्टा ट्रान्जिटमै बिताएका उनी नभेटेपछि पुनः काठमाडौं फर्कनुपरेको छ । आमा र समृद्धि चाहिं अष्ट्रेलिया लागेका छन् । जसकारण उनको प्रतीक्षित ‘रिबर्थ’ अष्ट्रेलिया टुर प्रभावित बनेको छ । मेलबर्नको कन्सर्ट पोस्टपोन्ड भएको छ भने अन्य सहरको सेड्युल पनि प्रभावित हुन पुगेको छ ।

हराएको पासपोर्ट पुनः बनाएर भिसा लगाउन उनी पुनः काठमाडौं आइपुगेका छन् । नितेशकी प्रेमिका समेत रहेकी समृद्धिले इन्स्टाग्राममा लामो स्टाटस पोस्ट गर्दै नितेश र आफूले खेप्नुपरेको हैरानीको वर्णन गरेकी छन् । उनले पासपोर्टको खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत मागेको तर नभेटिएको उल्लेख गरेकी छन् ।

समृद्धि लेख्छिन्, ‘यी पछिल्ला केही दिनहरू सजिलो थिएनन् र हामी सबै उच्च तनावमा काम गरिरहेका छौं । किनकि नितेश लगभग ६६ घण्टा एयरपोर्टमा फसेका छन् । म यहाँ अष्ट्रेलियामा छुटेको र असहाय महसुस गर्दैछु । यी सामान्य परिस्थिति होइनन् र यो चुनौतीपूर्ण छ । तर शो जारी रहनुपर्छ ।’

‘हामीले सामना गरिरहेको यो धेरै अभूतपूर्व परिस्थितिलाई सम्हाल्नका लागि हामीलाई तपाईंको शुभकामना र प्रार्थना पठाउनुहोस् । यो सजिलो छैन, तर जीवन यस्तै छ र जीवनमा हामीले कृतज्ञता र धैर्यताका साथ यो उतारचढाव व्यहोर्छौं,’ समृद्धिले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?