१ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा कीर्तिमानी अर्धशतक प्रहार गरेकी छिन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १५.३ ओभरमा ४ विकेट गुमाउँदै १५४ रन बनाएको छ ।
नेपालकी रुविना क्षेत्री ४४ बलमा ६ चौका र २ छक्कासहित ७५ रनमा क्रिजमा छिन् ।
रुविनाको महिला टी-२० आईमा यो दोस्रो अर्धशतक हो । यसअघि उनले २०२१ नोभेम्बरमा कतारविरुद्ध ५० रन बनाएकी थिइन् ।
रुविना नेपालबाट महिला टि२० आईमा दुई अर्धशतक हान्ने पहिलो खेलाडी बनेकी छिन् ।
उनी बाहेक नेपालबाट सीता रानामगर ८२ र इन्दु बर्माले ५५ रन त्यसै कतारविरुद्ध सिरिजमा बनाएका थिए । अन्य कुनै पनि ब्याटरले महिला टी-२० आईमा अर्धशतक प्रहार गरेका छैनन् ।
प्रतिक्रिया 4