
१ फागुन, हेटौंडा । अनलाइनखबरका संवाददाता अमृत चिमरिया मंगलबार हेटौंडामा क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
चिमरियालाई हेटौंडा उपमहानगरपालिकाले ५५ औं नगर स्थापना दिवसको अवसरमा १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उनलाई नगरप्रमुख मीनाकुमारी लामाले नगद पुरस्कार प्रदान गरिन् ।
उपमहानगरपालिकाको विकास गतिविधि, विभिन्न सामाजिक अभियान, सेवा प्रवाहलगायतका विषयमा नगरबासीलाई सुसूचित गराउँदै सहरी सुशासन र विकासमा योगदान पुर्याएको भन्दै चिमरियासँगै पत्रकार भावना रिजाल, गणेश दुलाल, निशा गुरुङ र सुनिता विष्ट पनि पुरस्कृत भएका छन् ।
उपमहानगरपालिकाले उत्कृष्ट कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयमसेविका, टोलविकास सस्था, बालसमूह र जग्गादातालाई पनि सम्मान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4