+
+

केएमसी कलेजमा ‘क्रिकेट अभ्यास नेट’ को उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १७:२४

काठमाडौं । काठमाडौं मोडेल कलेजले विद्यालय हाताभित्र निर्माण गरेको ‘क्रिकेट अभ्यास नेट’ को उद्घाटन गरिएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीलाई क्रिकेट अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यका साथ क्रिकेट अभ्यान नेट निर्माण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कलेजका प्रिन्सिपल डा. नगेन्द्रबहादुर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवम् क्यानका सचिव पारस खड्काको समेत उपस्थिति रहेको थियो ।

सो क्रममा विद्यार्थीहरुले खड्कासँग नेपाली क्रिकेटको सम्भावना र भविष्यका बारेमा जिज्ञास राखेका थिए ।

विद्यार्थीहरूले राखेका जिज्ञासको उत्तर दिँदै खड्काले क्यानले आगामी दिनमा विद्यालय र कलेज स्तरीय राष्ट्रिय क्रिकेट टुर्नामेन्टको आयोजना गर्न लागेको जानकारी दिए ।

उनले केएमसीजस्ता ठूला कलेजहरुले आफ्ना विद्यार्थीका लागि क्रिकेट एकेडेमी सञ्चालन गरेर राष्ट्रिय स्तरका प्रतिभा उत्पादन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?