+

कुवेतविरुद्ध सीता राना मगरले लिइन् ह्याट्रिक विकेट

२०८० फागुन  २ गते १२:४४ २०८० फागुन २ गते १२:४४
कुवेतविरुद्ध सीता राना मगरले लिइन् ह्याट्रिक विकेट

२ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध सीता राना मगरले ह्याट्रिक विकेट लिएकी छिन् ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतविरुद्ध सिताले १३औं ‌ओभरमा ह्याट्रिक विकेट लिएकी हुन् ।

उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।

चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।

कुवेतले १५ ‌ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ६० रन मात्र बनाएको छ ।

एसीसी महिला क्रिकेट सीता राना मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय