+

मणिमुकुन्द्र कप भलिबलको उपाधि आर्मीलाई, मान बहादुर बेस्ट प्लेअर

२०८० फागुन  ३ गते २०:२८ २०८० फागुन ३ गते २०:२८
मणिमुकुन्द्र कप भलिबलको उपाधि आर्मीलाई, मान बहादुर बेस्ट प्लेअर

३ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लबले रुपन्देहीमा भएको नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । सोझो सेटमा जित्ने क्रममा आर्मीले गण्डकी २५-२१, २५-१८, २५-२१ ले पराजित गर्‍यो ।

आर्मीले पछिल्लो दुई महिनामा पाँच प्रतियोगिता खेल्दा दोस्रो उपाधि जितेको हो । बाग्लुङमा बुकी कप जितेको आर्मी सुर्खेतमा भएको ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा भने फाइनल पुग्न सकेन ।

यस्तै विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई सोझो से६मै हराउदै नेपाल एपीएफ तेस्रो भयो । एपीएफले पुलिसलाई २५-२०, २५-२०, २५–१७ ले हरायो ।

प्रतियोगिताको च्याम्पियन आर्मीले उपाधिसहित नगद २ लाख प्राप्त गर्‍यो । यस्तै उपविजेता गण्डकीले १ लाख ५० हजार, तेस्रव भएको एपीएफले १ लाख तथा चौथो भएको पुलिसले ५० हजार प्राप्त गर्‍यो ।

मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो ।

मान बहादुर सर्वोत्कृष्ट खेलाडी

आर्मीलाई च्याम्पियन बन्दा विधागत अवार्डमा पनि आर्मीकै वर्चस्व रह्यो । आर्मीलाई च्याम्पियन बनाएका सहयोग गरेका स्पाइकर मान बहादुर श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

यस वर्ष आर्मीले तेस्रो पटक उपाधि जित्दा मान बहादुर तेस्रो पटक सर्वोत्कृष्ट घोषित भएका हुन् । यसअघि जावलाखेलमा भएको प्रथम मेयर कप र दुई महिनाअघि बाग्लुङमा भएको बुकी कपमा आर्मीले उपाधि जित्दा मान बहादुर सर्वोत्कृष्ट भएका थिए ।

यस्तै आर्मीकै धन बहादुर भट्ट उत्कृष्ट स्पाइकर, इश्वर थापा उत्कृष्ट डिफेन्स, हरि अधिकारी उत्कृष्ट ब्लकर र आर्मीका प्रशिक्षक जगत सिंह उत्कृष्ट प्रतिशक्षक घोषित भए ।

यसैगरी उत्कृष्ट सर्भर एपीएफका हेमन्थ मल्ल र उत्कृष्ट सेटर गण्डकी प्रदेशक विवश आले घोषित भए । एपीएफका विजय थापा अनुशासित खेलाडी घोषित भए । उनीहरुले ५-५ हजार प्राप्त गरे ।

मणिमुकुन्द्र कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय