
३ फागुन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस भई आएका शिक्षकलाई कुनै पनि बहानामा रकम जम्मा गर्न नलगाउन शिक्षा विकास समन्वय इकाइलाई निर्देशन दिएको छ ।
शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनाका लागि जिल्ला पठाइएका उम्मेदवारहरुलाई केही जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले नियुक्ति, स्थान छनौट र पदस्थापन गराए बापत रकम जम्मा गर्न लगाएको जानकारी आएको भन्दै इकाइलाई ती कार्यहरु गरे बापत रकम जम्मा गर्न नलगाउन निर्देशन दिएको हो ।
केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाको अनुसार जिल्लामा सिफारिस भै आएका शिक्षकहरुलाई नियुक्ति लिन र स्थानीय तह छनौट गर्न जाँदा विविध कारण देखाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा गर्न लगाउने गरेका छन् ।
विहिबार शाखा अधिकृत हरि बहादुर श्रेष्ठले शिक्षक सेवा आयोगबाट सिफारिस भै आएका व्यक्तिहरुको स्थान छनौट, नियुक्ति र पदस्थापनका कार्य गराए बापत रकम जम्मा गर्न लगाउन जस्ता प्रकृतिका कार्य नगर्न नगराउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएका हुन् ।
प्रतिक्रिया 4