
४ फागुन, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शुक्रबार ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ पारित गर्ने तयारी गरेको छ ।
यो विधेयकमा सहमति जुटाउन कृषि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने गरी शुक्रवार बोलाइएको बैठकमा पत्रकारलाई भने निषेध गरिएको छ ।
बैठकमा कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसाल, कृषि मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सहसचिव लगायतको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4