+

कबड्डी लिगको लागि खेलाडी दर्ता सुरु

२०८० फागुन  ४ गते १६:४३ २०८० फागुन ४ गते १६:४३
कबड्डी लिगको लागि खेलाडी दर्ता सुरु

४ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल कबड्डी लिग एनकेएलका लागि खेलाडी दर्ता खुल्ला भएको छ ।

अखिल नेपाल कबड्डी संघले आसन्न कबड्डी लिगका लागि खेलाडी प्रशिक्षक र रेफ्रीको दर्ता प्रक्रिया खुल्ला गरेको संघका महासचिव अरबिन्द झाले जानकारी दिए ।

बिहीबार रातिदेखि दर्ता प्रक्रिया खुल्ला रहेको र फागुन ३० गतेसम्म खेलाडी दर्ता गर्न सकिने उनले बताए ।

कबड्डी लिगका खेलाडी, प्रशिक्षक र रेफ्रीले नेपाल कबड्डी लिग डट कममा गएर फर्म भर्न सक्नेछन् ।

छिमेकी भारतमा प्रो कबड्डी लिग आयोजना भइरहेको छ । त्यसलाई पछ्याउँदै नेपालमा पनि फ्रेञ्चाइज कबड्डी लिग गर्ने लक्ष्यसहित अखिल नेपाल कबड्डी संघले तयारी सुरु गरेको छ ।

त्यसको लागि कबड्डी संघले माघ दोस्रो साता एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टसँग लिग आयोजनाका लागि १० वर्षको लागि सम्झौता गरिसकेको छ ।

नेपाल कबड्डी लिग आगामी जुलाईमा गर्ने तयारी रहेको संघका महासचिव झा ले जानकारी दिए । तर आधिकारिक मिति भने तय भइसकेको छैन ।

कबड्डी लिग कबड्डी संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय