
काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान वितरण गरिएको बाफ्टा अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । सर्वश्रेष्ठ फिल्म, निर्देशक र अभिनेतासहित यो फिल्मले ७ विधामा उपाधि जित्यो ।
दोस्रो स्थानमा रहेको फिल्म ‘पुअर थिंग्स’ले पाँच विधामा अवार्ड जित्यो ।
बाफ्टा अध्यक्ष सारा पुटले लन्डनको रोयल फेस्टिभल हलमा स्टारले भरिएको दर्शकदीर्घालाई स्वागत गर्दै समारोह उद्घाटन गरेकी थिइन् । यो समारोहमा राजकुमार विलियम र उनकी पत्नी क्याथरिनसमेत पुगेका थिए । आफ्ना पिता तथा राजा चार्ल्सलाई गत साता क्यान्सर पुष्टि भएपछि बढ्दो चासोका कारण विलियमले समारोहमा भाषण गरेनन् ।
बाफ्टाको जितले ‘ओपेनहाइमर’को ओस्कार विजयको सम्भावनालाई थप बलियो बनाएको छ । मार्चमा हुने ओस्कारका लागि क्रिस्टोफर नोलन निर्देशित यो फिल्म सर्वाधिक १३ विधामा मनोनित छ ।
यस्तो छ बाफ्टा विजेता सूची
सर्वश्रेष्ठ फिल्म – ओपेनहाइमर
निर्देशक – क्रिस्टोफर नोलन (ओपेनहाइमर)
अभिनेत्री – एम्मा स्टोन (पुअर थिंग्स)
अभिनेता – किलियन मर्फी (ओपेनहाइमर)
सहायक अभिनेत्री – द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
सहायक अभिनेता – रोबर्ट ड्वेन जुनियर (ओपेनहाइमर)
मौलिक पटकथा – एनाटोमी अफ अ फल
एडप्टेड स्क्रिनप्ले – अमेरिकन फिक्सन
गैरअंग्रेजी फिल्म – द जोन अफ इन्ट्रेस्ट
डकुमेन्ट्री – ट्वेन्टी डेज इन मौरिपोल
सर्वश्रेष्ठ ब्रिटिस फिल्म – द जोन अफ इन्ट्रेस्ट
छायांकन – ओपेनहाइमर
सम्पादन – ओपेनहाइमर
कस्ट्युम डिजाइन – पुअर थिंग्स
मेकअप एण्ड हेयर – पुअर थिंग्स
ओर्जिनल स्कोर – ओपेनहाइमर
ध्वनि – द जोन अफ इन्ट्रेस्ट
भिजुअल इफेक्ट – द पुअर थिंग्स
प्रतिक्रिया 4