
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन् ।
ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताएका हुन् ।
‘संविधान जारी भएको ८ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ’, संविधान गतिशील दस्तावेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यम रहेको भन्दै उनले भने, ‘संविधानले व्यवस्था गरेको शासकीय स्वरुपको मुलभूत विषयमा प्रतिकुल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नु पर्दैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4