+
+

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्र पक्षधरको हस्ताक्षर संकलन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १९:०७

७ फागुन, काठमाडौं । ललितपुरको गोदावरीमा आजदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो । बैठकको पहिलो दिन ४०२ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

‘सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।

उनीहरुले हिन्दू राष्ट्रको एजेण्डालाई विशेष पूरक प्रस्ताव भनेका छन् । यो प्रस्तावको पक्षमा गोदावरीमा महासमितिका सदस्यहरुलाई हस्ताक्षर गराउने अभियान चलाइएको छ ।

तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काले थालेको यो अभियानले २०७९ को त्रिवेणी महासमिति बैठक र २०७८ को काठमाडौं महासमिति बैठकमा पनि हस्ताक्षर संकलन गरेको थियो ।

हेर्नुहोस् हस्ताक्षर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?