
८ फागुन, काठमाडौं । सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ ।
नेपाली नागरिकहरु चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन् ।
उनीहरुको कैद सजाय मानवीय आधारमा आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पठाउन ६ फागुनको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4