+
+

एमालेको कैलाली अधिवेशनमा मतदान अझै अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १६:२९

१० फागुन, धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीको अधिवेशन अन्तर्गत बिहीबार दिउँसो १२ बजेदेखि हुने भनेको मतदान अझै सुरु हुन सकेको छैन ।

निर्वाचन कमिटीले बिहीबार बिहान साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र १२ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यसूची तोकेको थियो तर ४ बजेसम्म मतदान हुन सकेको छैन ।

निर्वाचन कमिटीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन तर मतपत्र छाप्ने काम भइरहेको भन्दै केही समय लाग्ने जनाएको छ ।

एमालेको कैलाली जिल्ला अधिवेशनको ६ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए ४ गतेदेखि निर्वाचन गर्न निर्देशन दिएका थिए । तर अधिवेशन सुरू भएको पाँच दिन बित्दा समेत मतदानको प्रक्रिया अझै अनिश्चित छ ।

एमालेको नेतृत्वका लागि अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

तर पाँचौ दिनसम्म समेत मतदान प्रक्रिया सुरू नभएपछि अधिवेशन प्रतिनिधि रणभुल्ल परेका छन् भने उनीहरूले चाडो मतदान गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?