+

विराट गोल्डकप चैत १५ देखि, आधा घट्यो पुरस्कार राशि

२०८० फागुन  १० गते १७:०५ २०८० फागुन १० गते १७:०५
विराट गोल्डकप चैत १५ देखि, आधा घट्यो पुरस्कार राशि

१० फागुन, विराटनगर । आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा १० टोली सहभागी हनेछन् । सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन ।

मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको उनले बताए । उनका अनुसार यो पटक पनि प्रतियोगिता रात्रिकालीन हुनेछ ।

यो पटक प्रतियोगिताको पुरस्कार राशी भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

गतवर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशी घटाएको ट्रष्टका अध्यक्ष शाहीले बताए । ‘यो पटक ट्रष्ट आफैंले प्रतियोगिता आयोजना गर्दैछ,’ उनले भने, ‘आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको हो ।’

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२/०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ ।

गतवर्ष विराटनगर फुटबल क्लब र भारत केरलाको लुका सकर क्लबबीच भएको फाइनल खेलमा विराटनगरले उपाधि जितेको थियो ।

फुटबल विराट गोल्ड कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय