
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका–१५ मा स्वयम्भू शाखा र वडा नम्बर १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले दुवै नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ लगायतका सेवा तथा सुविधाहरु प्राप्त हुने बताए ।
बैंकले गत महिना काठमाडौंको अनामनगर र शंखमुलमा तथा ललितपुरको सातदोबाटो र भैंसेपाटीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएकोे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4