+
+

पानीले विथोलियो मिटरब्याज पीडितको आजको कार्यक्रम, भोलि सिंहदरबार मार्च

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १९:४४
फाइल फोटो ।

१० फागुन, काठमाडौं । मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान पानीका कारण बिहीबार बिथोलिएको छ ।

थानकोटको त्रिभुवन पार्कमा बसेका पीडितहरुले दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारी गरेका थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबा पुग्न सम्भव नभएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनले अनलाइनखबरलाई बताए ।

‘पानीका कारण आज हिँड्न सम्भव भएन, भोलि बिहान ७ बजेदेखि सिंहदरबार मार्च सुरु गर्ने तयारी छ’, नवीनले भने, ‘मार्चमा एक हजार बढी पीडित सहभागी हुनेछन् ।’

मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका थिए पूर्वबाट हिँडेको टोलीले ६ सय किलोमिटर र पश्चिमबाट आएको टोलीले ७ सय किलोमिटर २३ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका थिए ।

‘सिंदरबारसम्म पुगेर न्याय मार्चलाई कोणसभामा परिणत गराउँदैछौं’, नवीनले भने, ‘त्यसपछि थप विरोधका कार्यक्रम निरन्तर रहनेछन् ।’

उनले वार्ता भएर सहमति नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए । ‘योबीचमा बाहिरबाट पीडितहरु आउने क्रम पनि जारी रहनेछ’, नवीनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?