+
+

विमानस्थलबाट करिब एक किलो सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १९:२९

१० फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो ।

सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए ।

भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित मानिसलाई पक्राउ गरिएको एसएसपी शर्माले बताए । ‘शंकाको आधारमा सर्च गर्दा सुन भेटिएको थियो’, उनले भने ।

थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुन र आरोपीलाई बुझाउने एसएसपी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?