+
+

क्रिकेट विश्वकप लिग २ नामिबिया विरुद्ध पहिले बलिङ गर्दै नेदरल्याण्ड्स

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ११:२३

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।

बिहीबारको वर्षाले मैदान चिसो हुँदा यो खेल ढिला सुरु भएकाले ४५ ओभरमा घटाइएको छ ।

लिग २ को पहिलो त्रिकोणात्मक शृखंलामा यो पाँचौ खेल हो भने यी दुई टोलीबीच दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेदरल्याण्ड्सले नामिबियालई ७ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?