+
+

सुनको भाउ ५ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ११:३८

१३ फागुन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबार भने १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत १० दिनमा सुनको भाउ २ हजार बढिसकेको छ । फागुन ३ गते सुनको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदी १ हजार ४ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?