
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकले कागेश्वरी मनोहरा नगरपालिका–५ मा थली शाखा र भक्तपुर नगरपालिका–१० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो ।
दुवै नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले एक कार्यक्रमका बीच गरेका हुन् ।
उद्घाटन कार्यक्रममा पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4