
१३ फागुन, काठमाडौं । माअाेवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका– ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान छन् ।
पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । उनीहरूको बयानका आधारमा मुख्य योजनाकार पनि पक्राउ परेको उनले बताए ।
घटनाका मुख्य योजनाकार मोरङको कानेपोखरी नगरपालिका– ४ का ३५ वर्षीय क्रान्ति बराईली भनिने निलम बिश्वकर्मा रहेको र उनलाई ११ फागुनमा कलंकीबाट पक्राउ गरी अदालतमा बुझाएको छ । बराईलीले शेरबहादुर थारुलाई योजना सुनाउँदै पैसाको समेत ब्यवस्था गरेको प्रहरीले जनाएको छ । उनले काम सकिए पश्चात शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई २ लाख रुपैयाँ दिएको प्रहरीको भनाई छ ।
बर्तौलालाई गत २२ कातिकमा काठमाडौंको आईप्लेक्स मल नजिकै उनीहरूले धारिलो हतियार प्रहर गरेका थिए । बर्तौला अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेश सदस्य साथै नेपाल उसु महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया 4