
१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ ।
नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै शिवम् सिमेन्टको १४.२५ प्रतिशत बोनस सेयर अर्थात् कुल ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत अर्थात् ४४ लाख ९८ हजार ७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4