
काठमाडौं । अभिनेत्री नन्दिता केसीले प्रेमी अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छन् । केही दिनअघि क्यानडामा यी दुईबीच इन्गेजमेन्ट भएको बताइएको छ ।
मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा रहेको जनाइएको छ । सामाजिक संजालमा प्रेमीसँगको तस्वीर सेयर गर्दै आफूले उनको प्रेम स्वीकारेको उल्लेख गरेकी छन् ।
यी दुईले आगामी शनिबार विवाह गर्ने जनाइएको छ ।
यी दुईबीच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् । आइतबार राती आफू सिंगल नरहेको उल्लेख गर्दै नन्दिताले फियोन्से कटवालसँगको फोटो सेयर गरेकी थिइन् ।
नन्दिता पनि लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि उनी यतिबेला काठमाडौंमा छिन् । ३४ फिल्ममा अभिनय गरेकी उनको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो ‘जंगबहादुरको कोट’ सात वर्षअघि रिलिज भएको थियो ।
प्रतिक्रिया 4