+
+

गृह मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा पण्डितलाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १५:११

१५ फागुन, काठमाडौं । गृह मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी रूद्रप्रसाद पण्डित*ले पाएका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पण्डितलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् ।

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न बनाएको समितिमा समेत पण्डित संयोजक छन् ।

प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो । तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन ।

समायोजन समितिको सह–संयोजकमा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सह–संयोजक, प्रहरी प्रधान कार्यालयका डीआईजी, गृहका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासनका शाखा उपसचिव सदस्य रहने भनिएको छ ।

*मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितलाई प्रशासन महाशाखाको जिम्मा दिएको हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?