१६ फागुन, जनकपुर । सुदूरपश्चिम प्रदेशले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा बुधबार जित हात पारेको छ ।
तीन खेलाडीले ह्याट्रिक गोल गरेको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
सुदूरपश्चिमका लागि आशिका एसके, ‘प्लेयर अफ द म्याच’ बुलबुल कुमारी र सरिता उराव झागढले ह्याट्रिक गरे । सन्जनाकुमारी भारती र नमिता एसकेले १–१ गोल थपे ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कोशी प्रदेशलाई ७–१ गोलले हरायो । मधु राईले ३, ‘प्लेयर अफ द म्याच’ सुनिता नेगीले २ तथा पूर्णिमा राई र जाग्रिती यादवले १–१ गोल गरे ।
गण्डकी प्रदेश र लुम्बिनीबीचको खेल गोलरहित बराबरीमा सकियो ।
प्रतिक्रिया 4