+
+

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते २१:०४
सुन्धारामा फुटपाथ व्यवसायीको प्रदर्शन : तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

१६ फागुन, काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ ।

फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो ।

त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको छ । नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरुले प्रतिकार गरेका थिए । ‘नगर प्रहरीले एक्कासी बल प्रयेग गरेर दुःख दियो’ । फुटपाथ व्यवसायी कुमार सापकोटाले भने, ‘हाम्रा ३/४ जना साथीलाई पक्राउ गरेर लैजानुभएको छ ।’

नगर प्रहरी प्रमुख राजु पाण्डेले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि हामीले प्रतिकार गरेको बताए । उनका अनुसार नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ७ जना घाइते भएका छन् ।

पाण्डेले अगाडि भने, ‘हाम्रो टोली भने फर्किएको छ, फुटपाथ व्यवसायीहरु भने अहिले पनि त्यही छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?