+
+

रिडी पावरको हकप्रद सेयरमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ८:५०

१८ फागुन, काठमाडौं । रिडी पावर कम्पनीको १ बराबर ०.५ कित्ता अनुपातका दरले हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ करोड ५४ लाख ८९ हजार १२ कित्ता साधारण सेयरको लागि आवेदन खुलाएको हो ।

माघ २१ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद र होल्ड गरेका लगानीकर्ताले अंकित मूल्य १ सयका दरले हकप्रद सेयरमा आवेदन दिन पाउँछन् । सो अवधिसम्म आफूसँग जति कित्ता सेयर छ, त्यसकै आधा संख्याका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अवधि चैत ८ गतेसम्म रहेको बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । अनलाइन प्रणाली मेरोसेयर वा क्यापिटलको कार्यालय तथा उपत्यकाबाहिर मुक्तिनाथ विकास बैंकका विभिन्न शाखाबाट आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?