
१८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ ।
लघुवित्तका ऋणी, मिटरब्याज पीडित लगायतको माग पूरा गर्न सरकार चासो नदेखाएकाले संसद् अवरोध गर्ने राप्रपाले तयारी गरेको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका थिए ।
नेताहरुका अनुसार, त्यही जानकारी बमोजिम आजको संसद् बैठक अवरोध गर्ने तयारी चलिरहेको छ ।
संसद् बैठक आज ११ बजे बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4