१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ ।
आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।
नेपालको प्लेइङ ११ मा आज पाँच तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, प्रतिश जिसी र गुलशन झा छन् । आरिफ छैटौं विकल्प पार्टटाइम बलर हुनेछन् ।
कुशल भुर्तेल सुरुवाती दुई खेलमा डक आउट भएका थिए । उनको स्थानमा अनिल साहलाई मौका दिएको छ । अनिलले क्यानडासँग ५० र ११२ रनको शतकीय इनिङ खेलेका थिए ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सविरुद्ध उनले आक्रामक अर्धशतक प्रहार गरेका थिए ।
सन्दीप जोराले दुबै खेलमा दोहोरो अंकमा रन बनाउन नसकेपछि आरिफ शेखलाई मौका दिँदै आएको छ ।
अभिनाश बोहरा डेथ ओभर स्पेलिष्ट बलर हुन् । पहिलो खेलमा नामिबियाविरुद्ध ४९ रन खर्चेपछि दोस्रो खेलमा बेञ्चमा बसेका थिए ।
टीयू क्रिकेट मैदानमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालको प्लेइङ ११ :
अनिल साह, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।
प्रतिक्रिया 4