+

नेपालले लियो नामिबियाको तेस्रो विकेट

२०८० फागुन  १८ गते १३:५७ २०८० फागुन १८ गते १३:५७
नेपालले लियो नामिबियाको तेस्रो विकेट

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।

व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नामिबियाको स्कोर ५० रन मात्र छ ।

१.३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा आउट गरेका थिए भने करण केसीले ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गरे ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

नेपाल भर्सेस नामिबिया सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय