
२० फागुन, काठमाडौं । टीआरसी विधेयक पास गर्ने भनेर बोलाइएको कानुन समितिको बैठक सुरु नै हुन सकेको छैन । बिहान साढे ११ बजे बोलाइएको बैठक दिउँसो पौने १ बज्दा सम्म पनि सुरु भएको छैन ।
समितिको बैठकमा तीन जना मात्र सांसदहरु उपस्थित छन् । स्रोतका अनुसार समितिका सदस्यहरुले शीर्ष नेताको सहमति कुर्दा बैठकमा ढिलाइ भइरहेको छ ।
शीर्ष नेताहरु बिहानैदेखि छलफलमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4