+
+

रास्वपाको नीति मन्थनमा यसपटक ऊर्जामा बहस

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १३:१०

२० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नीति मन्थन अन्तर्गत सोमबार ऊर्जा क्षेत्रका विषयमा छलफल गर्ने भएको छ ।

पार्टीको ऊर्जा नीति कार्यदलले आयोजना गरेको यसपटकको नीति मन्थनमा ऊर्जाका विषयमा तीनवटा छलफल कार्यक्रम राखिएको छ ।

‘ऊर्जा विकासका वर्तमान चुनौतीहरु’ विषयको छलफलमा डा. त्रिरत्न बज्राचार्य, डा. रामप्रसाद धिताल, डा.रविन श्रेष्ठ, सुमन जोशी, डा. अरनिको पाँडेले आफ्ना विचार राख्ने भएका छन् । यो छलफलको सहजकर्ता पत्रकार विकास थापा छन् ।

दोस्रो सत्रमा ‘बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसदमा प्रस्तावित विद्युत् विधेयक’ शीर्षकमा छलफल हुनेछ । यस विषयमा डा. सोमलाल सुवेदी, तारानाथ सापकोटा, शेरसिंह भाट, पूर्ण परियार, प्रकाश दुलालले छलफल गर्नेछन् । सहजकर्ता भने रास्वपा सांसद सोविता गौतम छिन् ।

अन्तिम सत्रमा भने ऊर्जाका विषयमा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, जनमत पार्टीका अध्यक्ष सीके राउत र कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले धारणा राख्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?