+
+

बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ८:०८
फाइल तस्वीर ।

२१ फागुन, काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका छलफलका विषयमा जानकारी छन् ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?