+
+
निजामती सेवा विधेयक :

निजामतीमा राखिएन ‘अतिरिक्त सचिव’, १४ तह मात्रै प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १७:३२

२१ फागुन, काठमाडौं । अन्ततः संघीय निजामती सेवा विधेयकबाट ‘अतिरिक्त सचिव’ राख्ने प्रस्ताव हटेको छ । यसअघि राजपत्राकिंत विशिष्ट श्रेणीमा तीन ३ वटा तह (अधिकृत तेहौं, चौधौं, पन्ध्रौं) तह प्रस्ताव गरिएपनि संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०मा तेह्रौं (सचिव वा सोरह) र चौधौं तह (मुख्यसचिव र मुख्य रजिष्ट्रार) मात्रै प्रस्ताव गरिएको छ ।

यसअघि मस्यौदा गरिएको विधेयकमा विशिष्ट श्रेणीको ‘तेह्रौं तह’मा अतिरिक्त सचिव पनि  राख्ने प्रस्ताव थियो । तर, केही सहसचिवहरुको समूहले यस्तो पद राख्दा आफू तुरुनतै अतिरिक्ति सचिव हुनुपर्ने र सचिव नभई घर जानुपर्ने अवस्था आउने भन्दै हटाउन वकालत गरेका थिए ।

उपसचिवहरुले सहसचिवहरुको सो कदमको विरोध गरेपनि अन्ततः विधेयकबाट अतिरिक्त सचिवको लागि प्रस्तावित तह हटेको छ । अब अहिलेको जस्तै विशिष्ट श्रेणीमा सचिव र मुख्यसचिव मात्रै रहनेछन् ।

विधेयकमा राजपत्राकिंत तृतीय श्रेणीमा अधिकृत छैठौं, सातौं र आठौं, द्वितीय श्रेणीमा अधिकृत नवौं र दशौं, राजपत्रांकित प्रथममा अधिकृत एघारौं र बाह्रौं प्रस्ताव गरिएका छन् । राजपत्र अनंकिततर्फ ५ वटा श्रेणी कायम गरेर तह पनि सहायक पहिलोदेखि पाँचौंसम्म कायम गर्न प्रस्ताव छ ।

विधेयकमा राजपत्र अनंकित तृतीय श्रेणी र तेस्रो तहका पदमा कसैको पदाधिकार नरहे सो श्रेणी र तह स्वतः खारेज हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?