+

भारतलाई हराउँदै बंगलादेश साफ यू–१६ महिला फुटबलको फाइनलमा

२०८० फागुन  २२ गते १७:१८ २०८० फागुन २२ गते १७:१८
भारतलाई हराउँदै बंगलादेश साफ यू–१६ महिला फुटबलको फाइनलमा

२२ फागुन, काठमाडौं । भारतलाई ३–१ ले हराउँदै बंगलादेश साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

लगातार दोस्रो खेल जित्दै फाइनलमा पुग्ने क्रममा बंगलादेशले भारतलाई ३–१ ले पराजित गरेको हो ।

बंगलादेशले फाइनलमा नेपाल र भारत मध्ये एक टिमसँग खेल्ने छ । समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाल र भारतले खेल्ने छन् । नेपालालाई फाइनलमा पुग्नका लागि भारतलाई हराउनै पर्ने दबाब हुने छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलमा पहिलो हाफमा अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा २ गोल थप्दै भारतमाथि जित हात पारेको हो ।

खेलको नवौं मिनेटमा अल्पी अख्तरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् । उनले हानेको बल भारतकी गोलरक्षक सुरजमुनि कुमारीको हातमा लाग्दै पोष्टको जाली चुमेको हो ।

पहिलो हाफमा १–० ले अग्रता बनाएको बंगलादेशले दोस्रो हाफको सुरुवाती १० मिनेटमा नै गोल खायो । खेलको ५५ औं मिनेटमा अनुष्का कुमारीले दायाँबाट हानेको बल बायाँ कर्नरमा गोल भयो ।

१–१ बराबरीमा भइरहेको खेलमा खेलको ७८ औं मिनेटमा सौरभी अखण्ड प्रितीले किपरलाई बिट गर्दै बंगलादेशको लागि दोस्रो गोल गरिन् ।

खेलको ८९ औं मिनेटमा अन्ना मुरमुको कर्नरमा कप्तान अर्पिता विश्वासले गोल गर्दै भारतमाथि ३–१ को जित सुनिश्चित गरेकी हुन् ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेश र भूटानले खेल्ने छन् । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

बंगलादेश फुटबल भारतीय फुटबल टिम साफ यू-१६ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय