+

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२०८० फागुन  २४ गते ८:५६ २०८० फागुन २४ गते ८:५६
म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२४ फागुन, काठमाडौं । इंग्ल्स क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा डेनिस क्लब एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै सिटी समग्रमा ६-२ ले विजयी भएको हो । पहिलो लेग पनि सिटीले ३-१ ले नै जितेको थियो ।

एतिहाड मैदानमा भएको खेलमा सिटीका लागि पाँचौ मिनेटमा मानुएल अकान्जी, नवौं मिनेटमा जुलियन अल्भारेजले गोल गरे । यस्तै पहिलो हाफको इन्जुरी टाइममा एर्लिङ हालाण्डले गोल गरे । कोपनहेगनका लागि २९औं मिनेटमा मोहमदे एलयोउनोउसीले एक गोल गरे ।

च्याम्पियन्स लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय