
काठमाडौं । ओटीटीमा नयाँ शो वा फिल्म हेर्न चाहनुहुन्छ ? रोचक सामग्री रुचाउनुहुन्छ ? पछिल्लो केही सातायता केही राम्रा वेब सिरिज र फिल्म रिलिज भएका छन् ।
नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टारदेखि जियो सिनेमा र सोनी लिवसम्म केही न केही रिलिज भइरहेका छन् र केही हुने तयारीमा छन् । बिहीबार र शुक्रबार यी प्लेटफर्ममा केही प्रतीक्षित सिरिज र फिल्म रिलिज हुँदैछन् ।
ड्यामसेल
यो फेन्टासी–एड्भेन्चर फिल्म शुक्रबार अर्थात् मार्च ८ मा नेटफ्लिक्समा स्ट्रिमिङ हुँदैछ । एक राजकुमारीको विवाह, तर राजकुमारलाई उसको परिवारले यो खबरबाट गोप्य राखेको छ । राजकुमारीलाई यस्तो ठाउँमा फ्याँकिन्छ जहाँ बाँच्न मुस्किल छ । तर उनले आफूलाई दानवबाट स्वयंलाई बचाउँछिन् । तर के उनले राजकुमार र उनको परिवारको दुष्ट मनासयलाई बदला लिन सक्षम हुन्छिन् त ? यो कथा ‘ड्यामसेल’मा तपाईंले हेर्न सक्नुहुन्छ ।
द जेन्टलम्यान
ड्रामा सिरिज ‘द जेन्टलम्यान’ बिहीबारदेखि नेटफ्लिक्समा आउँदैछ । बुबा बितेपछि छोराले राजनीतिको ठूलो साम्राज्य सम्हाल्नुपर्छ । तर छोरा राजनीतिलाई लिएर अनभिज्ञ छ । हरेक पाइलामा उसले धोकेबाज मानिसको सामना गर्नुपर्ने हुन्छ । कसलाई विश्वास गर्ने र कसलाई नगर्ने निर्णय गर्न गाह्रो छ ।
द सिग्नल
यो जर्मन साइन्स–फिक्सन ड्रामा सिरिज हो, जुन बिहीबारदेखि नेटफ्लिक्समा उपलब्ध छ । यो कथा एक अन्तरिक्ष महिला, उनकी छोरी र श्रीमानको हो । ती महिला एक अन्तरिक्ष यात्री हुन् । उनी अन्तरिक्षमा जान्छिन्, तर त्यहाँ केही गोप्य चीज छ जसलाई उनी छोरी र श्रीमानसँगै खोज्छिन् । यसमा तपाईंले सस्पेन्ससँगै भावनात्मक कथा पनि देख्नुहुनेछ ।
महारानी सिजन ३
हुमा कुरेसी अभिनित यो भारतीय वेब सिरिजको पर्खाइ भइरहेको थियो । यस शोको कथा त्यहींबाट सुरु हुन्छ, जहाँ उनी आफ्नो पतिको हत्याको आरोपमा जेलमा पर्छिन् । उनी यसमा आफूलाई निर्दोष साबित गर्ने प्रयासमा व्यस्त छिन् । यो फिल्म बिहीबार सोनी लिवमा रिलिज हुँदैछ ।
शो टाइम
यदि तपाईं बलिउड ग्ल्यामर संसार पछाडिको कालो सत्य जान चाहनुहुन्छ भने ‘शो टाइम’ सिरिज नछुटाउनुहोला । यसले बलिउडको शक्ति संघर्ष र नातावादको द्वन्द्वलाई चित्रण गरेको छ । यसमा इमरान हासमी, मौनी रोय लगायतका कलाकारको अभिनय छ । यसमा मौनीसँग इमरानको लिप किस पनि देखाइएको छ, जसको अहिले धेरै चर्चा भइरहेको छ । यो सिरिज हटस्टारबाट शुक्रबार रिलिज हुँदैछ ।
प्रतिक्रिया 4