काठमाडौं । वीर अस्पतालले ‘डिप ब्रेन स्टुम्युलेसन’ उपचार प्रविधिले बिरामीको उपचार गर्ने भएको छ । बिहीबार अस्पतालले विज्ञप्ति जारी गर्दै औषधिले सञ्चो नभएको स्नायुरोगको उपचारमा उक्त प्रविधि अपनाउने जानकारी दिएको हो ।
न्युरोसर्जरी विभागका प्रमुख तथा न्युरोसर्जन प्रा. डा. राजीव झाका अनुसार परम्परागत उपचार विधिबाट प्रभावकारी नतिजा नआएका बिरामीको लागि यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।
‘न्युरोसर्जरी विभागले पार्किन्सन, छारेरोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा परम्परागत उपचार विधिबाट सन्तोषजनक उपचार हुन नसकेकाले ब्याट्रीबाट विद्युतीय तरंग दिएर चल्ने डिप ब्रेन स्टुम्युलेसन तथा अन्य उपचार विधि छिटो ल्याउन लागिएको हो,’ उनले भने ।
यो प्रक्रियाका लागि अस्पतालले आगामी चैत १८ गतेसम्म बिरामीहरुको छनोट गरिसक्ने भएकाले सम्बन्धित बिरामीले अस्पतालको न्युरोसर्जरी विभागमा सम्पर्क गर्न पनि अस्पतालले आह्वान गरेको छ ।
प्रतिक्रिया 4