+
+

नेपालकी सनम डोका शेर्पा ओबामा फाउन्डेसनको उदाहरणीय महिलाको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १८:२२

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपालकी सनम डोका शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय कार्य गरेको भन्दै शेर्पासहित विश्वभरबाट पाँच महिलालाई उक्त सूचीमा राखेको छ ।

दुर्गम गाँउमा महिला शिक्षा तथा सशक्तीकरणमा भूमिका खेलेको भन्दै फाउन्डेसनले शेर्पालाई ‘शिक्षा च्याम्पियन नेपाल’को उपमा दिएको छ । नेपालमा रहेको द स्मल वर्ल्ड (टीएसडब्लु)की निर्देशक रहेकी शेर्पाले सोलुखुम्बुको दुर्गम गाउँमा बालिका शिक्षाको क्षेत्रमा डेढ दशकदेखि काम गर्दै आएकी छन् । दुई वर्षअघि उनी ओबामा फाउन्डेसनसँग जोडिएकी थिइन् ।

‘हाम्रो संस्थाले सोलुखुम्बुका दिदीबहिनीहरुलाई पढाउने काम गरिरहेको छ । ओबामा फाउन्डेसनसँग जोडिन पाउनु एकदमै खुसीको कुरा हो,’ शेर्पाले अनलाइनखबरसँग भनिन्, ‘उहाँजस्तो संसारको पावरफुल लिडर, संसारले चिनेको व्यक्तिको संस्थाले हामीजस्तो गाउँबाट सानो भिजन लिएर आएको मान्छेलाई यसरी रिकग्नाइज गरिदिंदा एकदमै खुसी लागेको छ । साथै मेरो कर्तव्य अरु बढाएको महसुस गरेकी छु ।’

फाउन्डेसनले शेर्पाको प्रयासले सगरमाथा क्षेत्रका किशोरीहरुको जीवनमा गहिरो प्रभाव पारेको उल्लेख गरेको छ ।

गत वर्ष फाउन्डेसनले ग्रीसको एथेन्समा आयोजना गरेको गर्ल्स अपरच्युनिटी एलायन्स नेटवर्कको सम्मेलनमा समेत शेर्पा सहभागी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?