
२८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लिखित सहमति गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
नेकपा एमालेसहितको नयाँ समीकरण बनाउँदा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी चार दलबीच मात्रै लिखित सहमति भएकाले आफ्नो दलसँग पनि लिखित सहमति हुनुपर्ने सांसदहरुको भनाइ छ ।
‘यो गठबन्धनलाई दिगो र बलियो बनाउनलाई हामी सहितको लिखित सहमति राम्रो हुन्छ भनेर सुझाव दिएका हौ’, उपमहासचिव प्रकाश ज्वालाले भने ।
उनका अनुसार, यो गठबन्धनलाई अगाडि बढाउन गरिने सहमतिहरुमा एकीकृत समाजवादी पनि औपचारिक रुपमै सहभागी हुनुपर्ने सांसदहरुको सुझाव छ । ‘सकेसम्म प्याकेजमा गरिने सहमतिलाई लिखित गर्दा गठबन्धन बलियो हुन्छ, र त्यसमा हामीसहितको सहमति जुट्नुपर्छ भन्ने हो’, उपमहासचिव ज्वालाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4