
२९ फागुन, काठमाडौं । आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा आंशिक तथा सामान्य बदली भएको हो ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली हुने र एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4