
२९ फागुन, काठमाडौं । स्थापना भएको तीन महिनापछि यातायात व्यवस्था कार्यालय बाराले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रक्रिया सुरु गरेको छ ।
२५ मंसिर २०८० मा कार्यालय स्थापना भएको कार्यालयले पहिलो पटक लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएको मधेश प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख नवाज हुसैनले जानकारी दिए ।
उनका अनुसार ११ पुस यता सवारी दर्ता, सवारी नामसारी, सवारी कर, आय कर नवीकरण दस्तुर संकलन, सवारी जाँचपास, पटके सेवा, सवारी चालक अनुमतिपत्र नवीकरण लगायतका काम मात्रै हुने गरेकोमा अब लाइसेन्स नै वितरणको जिम्मेवारी यस कार्यालयले पाएको छ ।
उनका अनुसार २२ फागुनदेखि नयाँ तथा वर्ग थप (क्याटेगोरी के, ए, बी, सी, सी१, बी, ई, स्कुटर, मोटरसाइकल, कार, टेम्पो, ई रिक्सा तथा ट्याकटर) जस्ता हलुका सवारी साधनको लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरिसकेको उनले बताए ।
लाइसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको उनले छ । कार्यालय नजिकै रहेको गंगापुर ३ स्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ । सुरुमा हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने र विस्तारै सबैखाले सवारी साधनको लाइसेन्स वितरण गर्ने नीति लिइने उनले बताए ।
यसअघि यातायात कार्यालय बारालाई लाइसेन्स वितरणको अधिकार नहुँदा जिल्लाका सेवाग्राही वीरगञ्ज पुग्नुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया 4